Comments Add Comment

पर्साको जिराभवानीमा सरकारी राहत नपाएको गुनासो

१३ जेठ, वीरगञ्ज । पार्साको जिराभवानी गाउँपालिक-१ को पकडी टोलका सुकुम्बासी, विपन्न माझी मुसहर तथा धांगड (उराँव)ले आफूहरुले सरकाी राहत नपाएको गुनासो गरेका छन् ।

ज्याला मजदुरी गरेर जीवन निर्बाह गर्दै आएका आफूहरुको रोजीरोटी लकडाउनले खोसेको तर कसैले राहतको नाममा एक चम्चा नुनसमेत वितरण नगरेको उनीहरुको गुनासो छ ।

राहत नपाएको गुनासो आएपछि भोर सँस्थाले भने राहत प्रदान गरेको छ । भोरले ३५ परिवारका लागि चामल २० किलो, दाल दुई किलो, खानेतेल एक लिटर, हरियो तरकारी, पाँच किलो, सोयाबिन एक किलो, आलु, प्याज दुई/दुई किलो, नुन उक किलो, साबुन दुई पिस, लौका एक पिससमेत वितरण गरेको छ ।

लकडाउनको ६३ दिन वितिसक्दासमेत राहत नपाएपछि दुईछाक टार्न निकै समस्या परेको अवस्थामा राहत पाउँदा निकै खुसी लागेको स्थानीय झगरु माझीले बताए ।

टोलमा दुई गर्भवती र एक सुत्केरी महिला छन् । आफ्ना लागि बिहान बेलुकाको छाक टार्न समस्या भइरहेको समयमा उनीहरुका लागि आवश्यक पौष्टिक आहारको व्यवस्था गर्न नसकेको स्थानीयले बताएका छन् ।

राहको वितरणमा जिराभवानी गाउँपालिकामा तीन तहको सरकारको कुनै उपस्थिति नदेखिएको जानकारी पाएपछि राहत वितरण गरिएको भोरको संस्थापक अध्यक्ष राजकुमार महतोले बताए ।

जिराभवानीकै वडा नं १ चमरी टोल, बेलटारी तथा वडा नं ५ को हरैया, सखुवनीया र शंकरसरैयाको विपन्न वर्गहरुलाई अझसम्म पनि राहत नपाएर अवस्था नाजुक बनेको छ ।

जिराभवानीमा कोभिड १९ ले पछि असर गर्छ तर जिराभवानीका जनता भोकले मर्ने अवस्थामा पुगेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् ।

‘कोभिड-१९ को संक्रमणले मान्छे मर्छ कि मर्दैन त्यो पछिको कुरा होला । तर जिराभवानीमा खान नपाएर मानिस मर्ने अवस्था आउन लागेको छ,’ थारुले भने, ‘लकडाउनले काम खोसिएको छ, पालिकाले राहत वितरण गरेको छैन, जनता भोकभोकै छन् । यसबारेमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment