Comments Add Comment

पाकिस्तानी जासुस भन्दै भारतले नियन्त्रणमा लियो परेवा

भारत नियन्त्रित जम्मु कश्मिर प्रहरीका लागि जासुसका नाममा मुस्लिम नागरिकहरु पक्राउ गर्नु नौलो कुरा होइन । तर, हालै त्यहाँको प्रहरीले एउटा चरालाई जासुस भन्दै नियन्त्रणमा लिएको छ ।

सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानबाट आएको एउटा परेवा सोमबार कथुजा जिल्लाको हिरा नगर प्रहरी स्टेसनलाई बुझायो । यो परेवालाई पाकिस्तानले तालिम दिएर जासुसी गर्न पठाएको दावी एसएसबीले गरेको छ । एसएसबीले बुझाएको परेवालाई प्रहरीले एउटा पिँजडामा थुनेर राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार सो परेवा आइतबार साँझ ७ बजेतिर सीमा क्षेत्र नजिक चडवाल गाउँमा उडेको थियो । स्थानीय गीता देवीले यसलाई समातेकी थिइन् । नजिकबाट नियाल्दा उनले परेवाको एउटा खुट्टामा औंठीजस्तो देखिन् ।

‘औंठीमा एउटा फोन नम्बर समेत थियो । त्यसैले उनले शंका लागेर यो परेवा चडवाल गाउँका सरपन्चलाई बुझाइन् । गाउँँ प्रमुखले यसर्लाइ सीमा सुरक्षा बल (बीएसएफ) को जिम्मा लगाए भने बीएसएफले प्रहरीलाई । प्रहरीले परेवालाई नियन्त्रणमा राखे पनि अहिलेसम्म यसले कुनै शंकाष्पद क्रियाकलाप नदेखाएको बताको छ ।

‘हामी भन्न सक्दैनौं कि यो जासुसीका लागि नै प्रयोग भएको हो । पाकिस्तानको पञ्जावमा मानिसहरु परेवालाई आफ्नो स्वामित्व दावी गर्न खुट्टामा ट्याग लाइदिन्छन् । त्यस्तै हुन सक्छ,’ कथुवा प्रहरीका वरिष्ठ उपरिक्षक शैलेन्द्र मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment