Comments Add Comment

बागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

१४ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतले  पारित भएको हो ।

कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशभित्र निःशूल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ ।

सरकारले कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको आधुनिकीकरण र औद्योगिकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ । प्रदेश सरकारले शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएका परवारलाई ‘द्वन्द पीडितका साथ प्रदेश सरकार’ कार्यक्रम अन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवसर उपलब्ध गराउने नीति पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment