Comments Add Comment

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने

१४ जेठ, काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।

नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नेपाल र चीनका राष्ट्रपति तहकै सहमति अनुसार चीनले सर्भे टोली सगरमाथा शिखरमा पठाएको हो । नेपाली सर्भे टोलीले एक वर्षअघिनै सबैभन्दा तल्लो सतह सिराहाको माडारदेखि सगरमाथा शिखरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरिसकेको छ ।

नेपाल एक्लैले सगरमाथाको उचाई मापन गर्ने भनेर अघि बढेकै बेला गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका बेला दुवै देशले आ आफ्नो मोहडाबाट उचाइ नापेर संयुक्त रुपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।

दुई देशका राष्ट्रपतिको सम्झौतामै परेको विषय भएकाले दुवै देशले सगरमाथाको उचाई संयुक्त रुपमा सार्वजनिक गरिने भूमि व्यवस्थामन्त्री पद्म अर्यालले बताइन् । नेपालले डाटा प्रोसेसिङको ५÷७ प्रतिशत बाहेक अरु काम सकेर अब चीनतर्फको मापनको काम टुंगियोस भनेर पर्खिएको मन्त्री अर्यालले अनलाइनखबरलाई बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment