Comments Add Comment

विवादमा परे एन्फा अध्यक्ष शेर्पा, के भनेका थिए उनले ?

१४ जेठ, काठमाडौं । अहिले नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष शर्माछिरिङ शेर्पा एकपछि अर्को विवादमा परेका छन् । पछिल्लो विवाद भने एन्फासँग मात्र होइन, मधेसी समुदायलाई जोडेर गरेको टिप्पणीका कारण सिर्जना भएको हो ।

त्यही अभिव्यक्तिको विवाद संसदमा समेत पुगेको छ र उनलाई कारबाही गर्न माग भएको छ ।

बुधबारको संसद बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिमा आपत्ति जनाए । शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै उनले भने, ‘मधेसीलाई सेनाको माध्यमबाट राष्ट्रिय गान सिकाउँदैछु भन्ने अभिव्यक्ति दिएकाले छानविन गरी कारवाही गर्न आग्रह गर्छु ।’

के भनेका थिए शेर्पाले ?

१७ मे का दिन एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन समाचार पोर्टललाई भर्चुअल अन्तर्वार्ता दिएका थिए । त्यसक्रमा उनले लकडाउनका कारण ग्रासरुट फुटबल कार्यक्रममा परेको असरबारे चर्चा गरे । तराईका चार जिल्लामा नेपाल आर्मीसँग मिलेर ग्रासरुट फुटबल कार्यक्रम शुरु गरेको उनले बताए ।

आर्मीसँग मिलेर किन भन्ने प्रश्नमा उनले ‘तराईमा राष्ट्रियताको फिलिङ अलि कम भएको’ ब्यारेक आउँदा कम्तीमा राष्ट्रिय गीत गाउने भन्दै विवादास्पद अभिव्यक्ति दिए ।

अध्यक्ष शेर्पाको अभिव्यक्ति एन्फाको विधान विपरीत पनि छ । एन्फा विधानको धारा ३ मा कुनै व्यक्ति, देश वा समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा लगायतको विषयमा कार्य गरे निलम्बन, निस्काशन र अनुशानात्मक कारबाही गर्न सकिने प्रष्ट उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment