Comments Add Comment

औद्योगिक क्षेत्रको जग्गा सदुपयोग नगर्ने चार दर्जन बढी उद्योग र गोदाम हटाइने

१४ जेठ, काठमाडौं ।  उद्योगमन्त्री लेखराज भट्टले  देशभरको औद्योगिक क्षेत्रभित्र ठाउँमात्रै ओगटेर बसेका उद्योग तथा व्यवसायका गोदाम हटाउन निर्देशन दिएका छन् । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् ।

‘देशभरका १० वटै औद्योगिक क्षेत्रभित्र रहेका सबै अनुत्पादक व्यवसायका दर्ता तथा ठाउँ मात्रै ओगटेका सो-रुम हटाउनुस्, उत्पादन र रोजगारी सृजना गर्ने उद्योग चलाउनुस्,’ मन्त्री भट्टको भनाई उदृत गर्दै मन्त्राललयका उपसचिव वीरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने ।

उत्पादनमुलक उद्योगको सञ्चालनलाई प्राथमिकतामा राख्न र लिमिटेडभित्रको विवाद अन्त्य नगरे मन्त्रालयले हस्तक्षेप गर्ने चेतावनी पनि मन्त्री भट्टले लिमिटेड नेतृत्वलाई दिएका थिए ।
सरकारलाई धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न पर्ने चुनौती रहेको भन्दै मन्त्री भट्टले लिमिटेडका उच्च नेतृत्वलाई सरकारको भावना र निर्णयअनुसार चल्न आग्रह गरेको उपसचिव बस्नेतले बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत देश भरका १० वटा औद्योगिक क्षेत्रमा ५० हाराहारीको संख्यामा ठाउँ मात्रै ओगटेका उद्योग र सो-रुमहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment