Comments Add Comment

महिनावरी गडबडी : के छ घरेलु उपचार ?

समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको हकमा यस्तो हुँदैन । कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि खानपानसमेत जिम्मेवार रहन्छ ।

खराब जीवनशैली

अस्वस्थ्यकर जीवनशैली तथा गलत खानपानका कारण पनि पछिल्लो समय मानिसहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिन थालेको छ । जसका कारण महिलाहरुमा महिनावारीको समस्या देखिने गरेको छ । विशेषगरी, समयमा खाना नखाने, तारेको तथा भुटेको खानेकुरा खाने लगायतका कारण पनि महिनावारी गडबडी हुने वा महिनावारी समयमा नहुने लगायतको समस्या उत्पन्न हुने गर्दछ ।

विभिन्न रोग

विभिन्न किसिमको रोगको असरले पनि महिनावरीमा समस्या ल्याउँछ । खासगरी प्रजनन स्वास्थ्यको समस्याले महिनावरी गडबडी भएको हुनसक्छ ।

तनाव वा डिप्रेसन

तनाव वा डिप्रेसनका कारण पनि महिनावारीमा गडबडी हुने गर्दछ ।  तनाव भएमा महिलाहरुको हर्मोन  गडबडी हुने गर्छ, जसका कारण महिनावारी गडबडी हुने मात्र नभई तौल बढ्ने समस्या समेत उत्पन्न हुने गर्छ ।

मदिरा सेवन

धुमपान तथा मदिराका सेवनका कारण पनि महिानावारी गडबडी हुनसक्छ । विशेषगरी मदिराको सेवनले शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्छ, जसका कारण मासिक श्राव तथा महिनावारी समेत प्रभावित हुने गर्छ ।

महिनावारी नियमित गराउने घरेलु उपाय

महिनावरी गडबडी भएमा चिकित्सकसँग परामर्श लिनैपर्छ । के कारणले गडबडी भएको हो सो कुरा पत्ता लगाएर मात्र अन्य उपायहरु अपनाउनु उचित हुन्छ । त्यससँगै केही घरेलु विधीबाट पनि महिनावरी गडबडीको समस्याबाट मुक्त हुन सकिन्छ ।

धनिया तथा सौफको दानाको प्रयोग

धनिया वा सौफको दानालाई काढा बनाएर नियमित सेवन गरेमा पनि यो समस्या क्रमश कम भएर जान्छ । यसलाई विशेषगरी रातीको समयमा भिजाउने र  विहानको समयमा छानेर खान सकिन्छ ।

गाँजरको साथमा चुकन्दरको रस

अनियमित महिनावारी भएको खण्डमा गाजर तथा चुकन्दरलाई पिसेर त्यसको रस सेवन गरेर पनि नियमित बनाउन सकिन्छ । करिब तीन महिनासम्म दैनिक एक गिलास गाजर तथा चुकन्दरको रस पिएर पनि अनियमित महिनावारीको समस्यालाई क्रमैसँग हटाउन सकिन्छ ।

 मेथीको दाना

घरमा यस्तो सलाद बनाएर पनि खान सकिन्छ, जसमा दुई चम्चा भिजाएको मेथी मिलाइएको होस्। अन्यथा मेथीलाई भिजएर विहान विहान एक चम्चा भिजाएको मेथी पनि सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment