+
+
Shares

कपिलवस्तु र रुपन्देहीमा थपिए १६ जना कोरोना संक्रमित

गुल्मीका सीडीओसहित ४४ जनाको रिपाेर्ट नेगेटिभ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १५ गते २०:०१

१५ जेठ, बुटवल । कपिलवस्तु र रुपन्देहीमा १६ जना कोरोना संक्रमित थपिएका छन् । १६ जनामध्ये १५ जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी-पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएकाे हो । संक्रमित सबैजना भारतका विभिन्न सहरबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १२४ जना र रुपन्देही जिल्लामा ४४ जना पुगेको छ ।

बाँके जिल्लामा १७० जना, नवलपरासी पश्चिममा ५ जना, बर्दिया जिल्लामा ७ जना, दाङ जिल्लामा २० जना, गुल्मी जिल्लामा ४ जना, रुकुम पूर्वमा ३ जना र अर्घाखाँचीमा २ जना संक्रमित रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश नं ५ मा कोभिड १९ संक्रमित संख्या तीन सय ८० पुगेको छ ।

गुल्मीका सीडीओसहित ४४ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण देखिएका गुल्मीको धुर्कोट गाउँपालिकाका प्रमुखको सम्पर्कमा रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख-उपप्रमुख सहित ४४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?