 
																			१६ जेठ, काठमाडौं । लिम्पियाधुरालगायत भूमि फिर्ता र एमसीसी सम्झौता खारेजीको माग गर्दै विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन् ।
विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लकडाउनकै बीच शुक्रबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’, ‘एमसीसी सम्झौता खारेज गर’लगायत प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
नेपालले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा सार्वजनिकपछि उक्त भूमि फिर्ताका लागि सरोकारवालाहरूले सरकारलाई दबाव दिँदै आइरहेका छन् ।
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4