Comments Add Comment

विदेशबाट आउने तरकारी र फलफूलको अग्रिम कर बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न विदेशबाट आयात हुने तरकारी र फलफूलको अग्रिम आयकरमा वृद्धि गरेको छ । भारत तथा चिन लगायतका मुलुकबाट नेपाल भित्रिने सबैखाले हरियो तरकारी र फलफूलको कर ४ प्रतिशतले बृद्धि गरिएको हो । यस अघि ५ प्रतिशत मात्रै लाग्ने उक्त कर बजेटमार्फत ९ प्रतिशत पुर्‍याइएको छ ।

यस्तै तेस्रो देशबाट आयात हुने आलुको कर पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । आर्थिक ऐनमा भएको व्यवस्थाअनुसार उक्त कर शुक्रबारबाटै कार्यन्वयनमा आएको छ ।

कर वृद्धिले बजारमा भारतबाट आयात हुने तरकारीको मूल्य बढ्न सक्ने व्यपारीहरुले बताएका छन् । नेपाली कृषि उपजको बजार शुनिश्चित गर्न तथा गुणस्तरहिन तरकारी तथा फलफूलको आयात निरुत्साहित गर्न यस्तो वयवस्था आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतीय तरकारीले बजार ओगट्ने तर स्वदेशी तरकारी नबिक्ने प्रथालाई अनत्य गर्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

नेपालमा लकडाउन भएको २ महिनामा भारतबाट ७५ हजार ३ सय १५ मेटि्रक टन तरकारी र २९ हजार ११५ मेटि्रक टन फलफूल आयात गरेको थियो । नेपालमा अफ सिजन हुने भिन्डी, पर्बल, सुकेको खुर्सानी लगायतका उत्पादन पनि भारतबाट नेपाल भित्रिन्छन् । यस्तै सरकारले कृषि समाग्री तथा बीउको भन्सार शुल्कलाई एक प्रतिशतमा झारेको छ ।

कृषि फार्मलाई चाहिने स्प्रे मेसिन, प्लासिक सिट, सिँचाइका सामाग्री तथा तरकारी र फलफूलको बिउलाई यसअघि १० तथा ५ प्रतिशत लाग्ने भन्सार महशुल १ प्रतिशतमा झारिएको छ । यस्तै लघु र घरेलु उद्योगले ल्याउने मेसिनिरी सामाग्री २ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment