Comments Add Comment

‘सबै दल एकजुट भएर भूमि फिर्ता ल्याऊ’

डिसी । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथइष्ट अमेरिका (नासा)ले नेपाली भूभाग भारतले तत्काल फिर्ता गर्नुपर्ने माग गरेको छ ।

दुई देशबीचको भूमि सम्बन्धी विवाद यथाशीघ्र सभ्य र सौहार्द्रपूर्ण वातावरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान गर्न पनि नासाले माग गरेको छ ।

नासाका अध्यक्ष बिनय अर्याल र महासचिव कृष्ण श्रेष्ठले विज्ञप्तिमा जारी गर्दैै सो माग गरेका हुन् । नेपालीलाई नक्सा मात्र होइन भूमि पनि चाहिएको छ भन्दै नासाले सबै दललाई एकजुट भएर भूमि फिर्ता ल्याउन आग्रह गरेको छ ।

‘रास्ट्रियताको सवालमा सबै राजनीतिक पार्टी एवम् सम्पूर्ण नेपाली जनता एक भएर आफ्नो भूमि प्राप्तिको लागि यस अवसरमा एकजुट हुन नासा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

कुनै पनि राष्ट्रको भौगोलिक अखण्डताप्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रिय मूल्य, मान्यता, प्रचलन र बाध्यात्मक अन्तर्राष्ट्रिय कानुनी परिस्थिति पनि भएको व्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्वको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूभागहरू नेपालको नै रहेको नासाको पनि भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment