Comments Add Comment

नेकपा सचिवालय बैठकमा ज्ञवाली, खतिवडा र रावल पनि सहभागी

१७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित सदस्यको रूपमा सहभागी छन् ।

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरुले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment