Comments Add Comment

दैलेखमा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

१७ जेठ, सुर्खेत । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिकाे मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।

उनकको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टिनमा मृत्यु भएकाे दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शनिबार साँँझसम्म उनकाे रिपाेर्ट आउने डा. तिवारीले जानकारी दिए ।

नगरप्रमुख भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । ‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासी ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको हो,’ उनले भने ।

नगरप्रमुख भण्डारीका अनुसार दश दिन अगाडि भारतबाट फर्किएक उनी क्वारेन्टिनमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment