Comments Add Comment

वीपीमा भर्ना भए रातभर अलपत्र परेका २७ सं‌क्रमित 

१७ जेठ, विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अपलत्र परेका २७ कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएका छन् ।

शुक्रबार राति झापाको कचनकवलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका २७ जना कोरोना संक्रमित रातभर गाडीमा बसेका थिए । शनिबार बिहान उनीहरु भर्ना भएका हुन् ।

रातभर संक्रमितलाई बाहिरै राखेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार बिहानै धरान पुगेका थिए । मन्त्री पुगेको केही समयपछि बिरामीलाई भर्ना गरिएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले २७ जनालाई नै भर्ना गरिएको जानकारी दिए । नयाँ भर्ना भएसँगै धरानको आइसोलेशनमा रहेका संक्रमितको संख्या ९७ पुगेको उनले बताए । सबैको अवस्था सामान्य छ ।

संक्रमितद्वारा खुला ठाउँमा शाैच

संक्रमण पुष्टि भएपछि शुक्रबार बसमा पठाइएका संक्रमितले रात गाडीमा कटाएका थिए । उनीहरुले शाैच भने खुला ठाउँमा गरे । गाडी राखिएको स्थानमा शौचालय थिएन । शौचालय नभएपछि उनीहरुले खुला ठाउँमा दिसा पिसाब गरेका हुन् ।

अस्पताल प्रशासनले लापरबाही गरेका कारण संक्रमितहरू बाहिरै बस्नु परेको मन्त्री घिमिरेले बताए । बिहीबार भएको छलफलमा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले २०० बेड तयार रहेको बताएपछि संक्रमित पठाएको बताउँदै उनले रातभर बाहिर राख्ने लापरबाहीको पराकाष्ठा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment