Comments Add Comment

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

१७ जेठ, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको शनिबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएर सोही ठाउँका ४० वर्षे दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा माथीबाट ढिस्को खसेर पुरिएर दुबै जना घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । बोहोराको उपचारकै क्रममा ज्यान गएको र मन्नीको हाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment