+
+

उपत्यकामा सुरु भयो रोपाइँको चटारो (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ जेठ १८ गते १६:२५

१८ जेठ, काठमाडौं । देशका धेरै क्षेत्रका किसान धान खेतीका लागि ब्याड बनाउने तयारी गरिरहँदा उपत्यकाका किसानलाई भने रोपाइँको चटारोले छोइसकेको छ ।

काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा जमिन खाली नभए पनि सहरदेखि केही टाढाका क्षेत्रमा किसानहरू खेतबारीमै व्यस्त हुन थालिसकेका छन्। केही दिनयताको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो बनाइदिएको छ ।

उपत्यकामा किसानले हाते ट्याक्टर वा कोदाली र कोदालोले खनेर रोपाइँका लागि खेत तयार गर्छन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीका किसानहरू हिजोआज खेतमै भेटिन्छन् ।

बालकदेखि वृद्धसम्म खेत खन्ने, आली लगाउने, बिउ उखेल्ने र रोप्ने काममा व्यस्तछन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाका किसानको दैनिकी पनि यस्तै छ ।

हेर्नुहोस् मूलपानी र चाँगुनारायणमा रोपाइँका केही तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?