+
+
Shares

राज्य व्यवस्था समितिको बैठकमा ज्ञानेन्द्र शाहीले खोजे गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुमवासी समस्या र घटनाको जवाफदेहिताका लागि गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गर्नुभयो।
  • शाहीले सुकुमवासी बस्ती व्यवस्थापनमा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै गृह प्रशासनको नेतृत्वले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो।
  • सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तक ल्याउन नदिइएको घटनाप्रति शाहीले गम्भीर आपत्ति जनाउँदै गृहमन्त्री वा जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहेको उल्लेख गर्नुभयो।

३१ वैशाख, काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुमवासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन् ।

बिहीबार बसेको समितिको बैठकमा बोल्दै नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै यस विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्टीकरण दिनुपर्ने जिकिर गरे ।

‘सुकुमवासीको समस्या समाधान गर्ने र प्रहरी परिचालन गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो । सुत्केरी र नाबालकमाथि भएको व्यवहारको जवाफ हामीलाई कर्मचारीबाट होइन, गृहमन्त्रीबाटै चाहिन्छ,’ उनले भने ।

उनले सुकुमवासी बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाए ।

‘सकेसम्म यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री नै आउनुपर्ने हो, नभए गृहमन्त्री आउनैपर्छ । तर गृहमन्त्रीलाई बोलाउनुको साटो उल्टै सञ्चारकर्मीलाई बाहिर निकाल्नु प्रजातान्त्रिक पद्धति होइन,’ उनले भने ।

समितिका सभापतिलाई ध्यानाकर्षण गराउँदै विषयवस्तुलाई गम्भीरतापूर्वक लिन र ‘टालटुल’ गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह पनि गरे । नेता शाहीले देशको बहालवाला गृहमन्त्री वा मन्त्रालयको कार्यभार सम्हालेका जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?