Comments Add Comment

बुटवलको कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज

१८ जेठ, बुटवल । बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् । उनीहरु वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

अस्पतालका कोभिड-१९ फोकल पर्सन तथा वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाका अनुसार निको भएर घर फर्किनेहरु १५ देखि ४० वर्ष उमेरका छन् ।

निको भएर घर फर्किन लागेकालाई डा. थापा, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल,लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुले पुष्प गुच्छा दिएर विदाइ गरेका हुन् । ‘पछिल्लो २४ घण्टामा गरिएको दुई पटकको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उहाँहरुलाई विदाइ गर्‍यौं,’-डा. थापाले भनेऽ ‘कोरोना जितेर संक्रमितहरु निको भई घर पठाउन पाउँदा सबैभन्दा खुशी लाग्छ ।’

यसअघि यो अस्पतालबाट रुपन्देहीको पहिलो कोरोना संक्रमित कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक वैशाख ३० गते र कपिलवस्तुका १० जना जेठ १० गते घर फर्किसकेका छन् ।

हालसम्म यो अस्पताल राखिएका १५ जना निको भएर घर फर्किसकेका डा. थापाले बताए । कोरोना अस्पतालको आइसोलेसन जनरल वार्डमा ३१ जना र आईसीयुमा एकजना उपचाररत रहेको डा. थापाले जानकारी दिए ।

प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ । यसअघि बाँकेका २१ जना र कपिलवस्तुकी एकजना नर्स निको भएर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment