Comments Add Comment

अमेरिकामा लगातार छौटौँ दिन पनि प्रदर्शन जारी, ह्वाइट हाउसअघि पनि प्रदर्शन

१९ जेठ, काठमाडौं । अमेरिकामा प्रहरी अधिकारीबाट काला जातिका एक व्यक्ति मारिएपछि सुरु भएको आन्दोलन छैटौँ दिन पनि जारी रहेको छ । अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको यो आन्दोलन अहिले अमेरिकाका धेरै सहरमा फैलिएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको बाहिर पनि आन्दोलनकारीले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा केही स्थानमा हिंसात्मक घटना पनि भएका छन् ।

आन्दोलनको कारण अमेरिकाको करिब ४० सहरमा कर्फ्यु घोषणा गरिएको छ । तर, मानिसहरुले भने यसको परवाह नगरी आन्दोलनमा निस्किएका छन् । जसको कारण अमेरिकामा तनाव बढेको छ ।

मानिसहरुलाई तितिरबितिर पार्न प्रहरीले अश्रुग्याँस र पेपेर बुलेट्सको प्रयोग गरेको छ । केही सहरमा प्रहरीको गाडीमा आगजनी गरिएको छ भने पसलहरुमा पनि लुटपाट भएको छ । अमेरिकामा आन्तरिक आपतकालीन अवस्थाको लागि परिचालन गरिने सैन्य बल द नेशनल गार्डका अनुसार पाँच हजार सैनिक वासिङटनका साथै अन्य १५ प्रान्तमा खटाइएको छ ।

अमेरिकाको एटलान्टा र जर्जियामा आवश्यकताभन्दा बढी बल प्रयोग गरेको भन्दै दुई अधिकारीलाई बर्खास्त गरिएको छ । मिनेसोटाको मिनोपोलिसमा भएको उक्त घटनाको विषयमा फ्लेयडलाई प्रहरी अधिकारी ४४ वर्षीय डेरेक चौविनले फ्लोयडको घाँटीमा घुँडाले लामो समयसम्म थिचेका थिए । जसको कारण सास फेर्न नसकी फ्लोयडको मृत्यु भएको थियो । यससँगै अमेरिकामा रङ्गभेदको विषय पनि उठेको छ । चौविनलाई सोमबार अदालतमा पेस गरिनेछ । उनीमाथि हत्याको आरोपमा मुद्दा चलाइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment