Comments Add Comment

प्रदेश २ मा ८२ जना कोरोना संक्रमित थपिए

१९ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धरानमा गरिएको परीक्षणमा सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टिनका ५ जना, धनुषाको धनौजी शंकर मावि क्वारेन्टिनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिका क्वारेन्टिनका २ जना पुरुष, सर्लाहीको जनता मावि अगरवा क्वारेन्टिनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जनामा संक्रमण देखिएको छ । जसमध्ये ३ जना महिला छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटको परोहा नगरपालिकाका १४ जना र यमुनामाई गाउँपालिकास्थित क्वारेन्टिनका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश २ मा ९९ जना संक्रमित उपचारपछि निको भई फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment