Comments Add Comment

सेन्चुरी र आईएमईद्वारा युएईमा रहेका नेपालीलाई राहत

युएई । नेपालका दुई रेमिट्यान्स कम्पनीले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेका छन् । सेन्चुरी बैंकको सेन्चुरी रेमिट र आईएमई रेमिटले खाद्यन्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेका हुन् ।

सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत सोमबार आबुधाबीको राहत वितरण टोलीलाई ३०० केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको छ ।
राहत हस्तान्तरण गर्दै पौडेलले परदेशमा नेपालीलाई दुःखमा साथ दिन सेन्चुरी सधैं तत्पर रहेको बताए ।

यस्तै आईएमई रेमिटले राहत वितरणमा खटिरहेका नेपाली संस्थामार्फत सहयोग हस्तान्तरण गरेको छ ।

आइएमइले एनआरएन, नेपाली समाज र आबुधाबीमा रहेको राहत वितरण टोलीलाई गरी पाँच हजार दिहराम (१ लाख ६० हजारभन्दा बढी) को सहयोग उपलब्ध गराएको आईएमई युएई प्रमुख उतम बस्नेतले जानकारी दिए ।

दुवई क्षेत्रमा गैरआवासीय नेपाली सघंका उपाध्यक्ष पासाङ शेर्पा तथा नेपाली समाजका प्रतिनिधिलाई आइतबार सहयोग अन्तर्गतको खाद्यय सामाग्री उपल्बध गराइएको थियो ।

आबुधाबीमा आइतबार सहयोग हस्तान्तरण गरिएको आईएमई अधिकृत ईश्वर अधिकारीले बताए ।

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठलगायतका प्रतिनिधिले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

युएईको दुवई, अलएन, सारजहालगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ, नेपाली समाजलगायतले सहयोग उपल्बध गराइरहेका छन् ।

टोलीका सदस्यहरुको सम्पर्कमा आएका नेपालीहरुलाई उनीहरुको बासस्थानमै पुगेर खाद्यन्न उपलब्ध गराउदै आएको आबुधाबीमा राहत वितरण टोलीका कृष्ण गौतमले जानकारी दिए ।

राहत वितरण मुल समिति, विभिन्न सहयोगी दाता, दुतावास तथा टोलीका सदस्यबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई खाद्यन्न लगायतका दैनिक उपभोग्य सामग्री सहायता गरिरहेको गौतमको भनाइ छ ।

यस्तै सेन्चुरी बैंकले गैरआवासीय नेपाली संघ युएईलाई समेत सहयोग गरेको छ । सेन्चुरीले युएईले युएईका लागि एक लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment