+
+
Shares

हावाहुरीले घर भत्किँदा चार जना घाइते

रासस रासस
२०७७ जेठ १९ गते १६:४८
फाइल तस्वीर

१९ जेठ, लहान । हावाहुरीले सिराहा नगरपालिका-८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् ।

वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायकी ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा घाइते भएको वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए । चारै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

ती परिवारलाई तत्काल खानेबस्ने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए।

चट्याङले अस्पतालमा १० लाख बढीको क्षति

यस्तै वर्षासँगै सोमबार परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ।

अस्पतालको छतमा रहेको सीसी क्यामेरा र इन्टरनेट वाइफाईको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले जानकारी दिए । अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनले बताए।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?