Comments Add Comment

कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २३३ पुग्यो

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप ३५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९/९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।

संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं. १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका-१ की ८ वर्षीया  बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया  बालकमासमेत संक्रमण देखिएको छ।

दैलेखको नारायण नगरपालिका वडा नं. १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् । त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ । सोमबार बिहान मात्रै सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment