+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

साझा पार्टीको माग– सांसद विकास कोषको रकमले कोरोना किट किनौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १०:०४

२० जेठ, बुटवल । सांसद विकास कोषका नाममा सांसदहरुलाई बाँडिने रकमले कोरोना परीक्षण किट खरिद गर्न साझा पार्टी प्रदेश ५ समितिले माग गरेको छ ।

प्रदेश ५ मा कोरोना संक्रमणको दर देशभरमै उच्च रहेको र अझै थपिने अवस्था रहेकाले परीक्षणको दायरा बढाउनका लागि कोषको रकम किट खरिदमा खर्च गर्न साझा पार्टीले माग गरेको हो ।

पार्टीका प्रदेश संयोजक अनुपमान सैंजुले मंगलबार विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश सांसदहरूलाई बर्सेनि करिब २० अर्ब रकम बाँड्नु चरम नीतिगत भ्रष्टाचारको नमूना भनेका छन् । उनले उक्त कोष खारेज गर्न माग गरेका छन् ।

सांसद बिकास कोषको रकम कोभिड १९ परीक्षण सामग्री खरिद र क्वारेन्टाइन बनाउन लगानी गर्न साझा पार्टीले प्रदेश सांसदहरुहरुलाई आग्रह गरेको छ । ‘महामारीको बेलामा गर्नुपर्ने काम नगरेर बिकास खर्चको नाममा करोडौं रुपैयाँ आफ्नो मातहतमा राख्ने हो भने भोलिका दिनमा नागरिकको प्रश्नको जवाफ दिन गाह्रो हुनेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश सभाका सबै सांसद तथा आम सर्वसाधारणलाई उक्त बजेट बहिस्कार गरेर प्रदेशका नागरिकको हितका पक्षमा उभिन अपील गर्दछौं ।’

भारत लगायत मुलुकबाट नेपालीहरु आवश्यक स्वास्थ्य जाँच बिना नै नेपाल प्रवेश गरिरहेका, क्वारेन्टाइनको उचित ब्यवस्थापन नभएको,संघ सरकारको मात्रै भर परेर प्रदेशका नागरिकको कोरोना परीक्षण गर्न किट अभावको कारण देखाउनु प्रदेश सरकारको लागि अशोभनीय भएको र यसले प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड १९ विरूद्ध लड्न सरकारले निजी क्षेत्र र आम सर्वसाधारणसँग सार्वजनिक अपील गरेर अरबौं रूपैयाँ जम्मा गर्ने प्रयास गरेको भन्दै साझाले सांसद विकास कोषका नाममा भइरहेको चरम नीतिगत भ्रष्टाचार बन्द गर्नसके बर्सेनि २० अर्ब रुपैयाँ बचत गर्न सकिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?