+
+
Shares

घर पठाउन माग गर्दै कचनकवलको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित

गाउँपालिका अध्यक्ष भन्छन्- अस्पतालले रिपोर्ट दिन ढिलो गर्दा तनाव भइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १०:४२
झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माविको क्वारेन्टिनमा बसेकाहरु र सुरक्षार्थ तैनाथ प्रहरीहरु ।

२० जेठ, काठमाडौं । आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् ।

पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले अनलाइनखबरसँग भने, ‘बीपी प्रतिष्ठानले रिपोर्ट दिन ढिलो गर्दा तनाव भइसक्यो । क्वारेन्टाइनमा बसेकाहरु भाग्न खोज्छन् ।’

उक्त क्वारेन्टिनमा बसेका र कोरोना कोरोना रिपोर्ट पोजेटिभ आएकामध्ये १७ जना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी गएराति डिस्चार्ज भएका छन् । यो खबर पाउनासाथ लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई पनि घर पठाउन जनप्रतिनिधिहरुलाई दबाव दिइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष आलमका अनुसार उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो रिपोर्टका लागि नमूना पठाएको एक हप्ता बितिसक्दा पनि प्रतिष्ठानले रिपोर्ट नदिएको उनले गुनासो गरे । ‘कहिले मेसिन बिग्रियो भन्छ, कहिले के भन्छ, रिपोर्ट नै दिँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?