Comments Add Comment

बैतडीको क्वारेन्टिनमा एक युवतीको मृत्यु

२० जेठ, कैलाली । बैतडीको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।

मंगलबार मृत्यु भएकी उनी लामो समयदेखि मुटुको बिरामी रहेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिनोन कुँवरले बताए ।

‘१८ गते क्वारेन्टाइनमा आएका थिए,’ उनले भने, ‘हिजो राति करिब २ बजे एक्कासी मृत्यु भएको हो ।’

मृतक महिना, उनका श्रीमान्, १८ महिनाको छोरा र एक जना आफन्तको स्वाब संकलनको तयारी भइरहेको कुँवरले जानकारी दिए ।

उनका अनुसार उनी त्यहीँ जेठ १६ गते गौरीफन्टा नाकाबाट हुँदै बैतडी पुगेकी थिइन् । मृतक महिला भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आर्थिक समस्याका कारण बिगत केही दिनदेखि औषधि सेवन नगरेको उनी बताउँछन् ।

नियमित औषधि सेवन नगर्दा मृत्यु भएको अनुमान गरिए पनि मृत्युको कारण त्यही हो भन्न नसकिने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment