Comments Add Comment

आन्दोलन दबाउन सेना प्रयोग गर्ने ट्रम्पको चेतावनी

२० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा अहिले चलिरहेको आन्दोलन नरोकिए सेना परिचालन गर्ने चेतावनी दिएका छन् । ट्रम्पले अमेरिकी सहर र राज्यहरुले आन्दोलन नियन्त्रणमा लिन नसकेको खण्डमा आफूले सेना परिचालन गरेर छिटै नै समस्या समाधान गरिदिने बताएका हुन् ।

अमेरिकाको मिनोपोलिसमा ४६ वर्षीय एक अश्वेत नागरिक प्रहरी अधिकारीबाट मारिएपछि अमेरिकामा यो आन्दोलन सुरु भएको हो । ट्रम्पले उक्त घटनामा जर्ज फ्लोयड मारिएको घटनाको निन्दा गरेका छन् । तर, यो घटनाबाट आक्रोशित भिडले लुटपाट र हिंसा मच्चाउनु भने सही नभएको बताएका छन् ।

यो आन्दोलनको कारण अमेरिकाका दर्जनौं मुख्य सहरहरुमा कर्फ्यु  घोषणा गरिएको छ । सोमबार ह्वाइट हाउसमा ट्रम्पले बोल्दै गर्दा नजिकैको पार्कमा भने प्रहरीले आन्दोलनकारीलाई हटाउन अश्रुग्याँस र रबरको गोली प्रहार गरिरहेका थिए ।

मे २५ मा घटेको उक्त घटनापछि सुरु भएको आन्दोलन दिनानुदिन बढ्दो क्रममा छ । उक्त घटनामा मृत्यु भएका जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारी डेरेक चौविनलाई हत्याको आरोपमा मुद्दा दायर गरिएको छ भने घटनास्थलमा देखिएका अन्य प्रहरी पनि निलम्बनमा परेका छन् ।

उनले हजारौं सशस्त्र सेना, र कानून प्रवर्तन अधिकारइीहरुलाई अहिले भइरहेको दंगा, लुटपाट, आक्रमण र सम्पत्तिको विनाश रोक्नका लागि पठाउने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment