+
+
Shares

रुकुम घटनाबारे छानविन गर्न संसदीय समिति बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १५:१०

२० जेठ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले रुकुमको सोतीमा भएको घटनाबारे संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलबार बसेको बैठकमा बोल्दै सांसद प्रकाश पन्थले भने, ‘दुनियाँका सामु नेपाललाई लज्जित बनाएको यस्तो घटनाको संसदीय समिति गठन गरेर छानविन हुनुपर्दछ ।’

नेपाली कांग्रेस सांसद पन्थले दलित भएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सधैंका लागि अन्त्य गर्नुपर्ने बताए । यो घटनाको अनुसन्धानलाई पनि निर्मला पन्त प्रकरण जस्तो बन्न दिन नहुने उनकाे माग छ ।

अर्की सांसद पार्वती रावल थापाले रुकुम घटनाका अपराधीलाई कडा सजायको माग गरिन् । उनले आगामी दिनमा यस्तो घट्ना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा बोल्दै सांसद भैरवसुन्दर श्रेष्ठले खुट्टा समातेर अनुनयविनय गर्दा समेत हत्याराले नछाडेको बताए । सबै मिलेर दोषीलाई कारबाही र पीडितलाई न्याय दिने वातावरण बनाउनु पर्ने श्रेष्ठले माग गरे ।

जेठ १० गते रुकुमको सोती पुगेका जाजरकोटका नवराज विकसहित पाँच जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?