Comments Add Comment

वुहानमा काेराेना संक्रमणबाट डाक्टरको मृत्यु

२० जेठ, काठमाडौं । चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ग्लोबल टाइम्सका अनुसार वुहान सेन्ट्रल हस्पिटलका डाक्टर हु वेइफेङको मंगलबार मृत्यु भएको हो । कोरोना भाइरसको कारण उनको कलेजोको काम गर्न छाडेको थियो । कलेजोले काम गर्न छाडेसँगै उनको अनुहार कालो हुँदै गएको थियो । उनी कोरोना भाइरसको कारण मर्ने वुहान सेन्ट्रल हस्पिटलका छैठौं कर्मचारी हुन् ।

हु ले गत जनवरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराउँदै आएका थिए । उनको अवस्था भने अस्थिर देखिँदै आएको थियो । फेब्रुअरी ९ सम्म मा वुहान सेन्ट्रल हस्पिटलका ६८ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । साथै २६६ स्वास्थ्यकर्मीलाई निगरानीमा राखिएको थियो ।

स्रोत : ग्लोबल टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment