Comments Add Comment

अमेरिकामा थप हिंसात्मक बन्दै आन्दोलन, कम्तीमा पाँचको मृत्यु

२० जेठ, काठमाडौं । अमेरिकामा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक मारिएको विषयलाई लिएर सुरु भएको आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । यो आन्दोलनको क्रममा पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाको कम्तीमा १४० सहरमा आन्दोलन फैलिइसकेको छ । यो आन्दोलनमा मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने बताइएको छ । जसमध्ये आन्दोलनकारी र प्रहरी अधिकारी रहेको न्युयोर्क टाइम्सले बताएको छ ।

आन्दोलनको क्रममा हजारौं मानिसहरु प्रक्राउ परेका छन् । उनीहरुलाई आगजनी, लुटपाट र हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो । अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकामा आन्दोलन हिंसात्मक बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले सहर तथा राज्यले आन्दोलन रोक्न नसके सेना परिचालन गर्ने चेतावनी दिइसकेका छन् ।

स्रोत : द न्युयोर्क टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment