Comments Add Comment

कमल थापा भन्छन्– विदेशीको चलखेल बढ्यो, संकटको बादल मडारिन थाल्यो

'०७ साल अघि र पछिको जस्तै राष्ट्रिय स्वाभिमान बन्धकमा पर्ने खतरा'

२१ जेठ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको बताएका छन् । उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका पनि गरेका छन् ।

मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत थापाले विदेशीको चलखेलले ठीक बेठिक छुट्याउन पनि कठिन भएको बताएका छन् । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् ।


उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’

थापाले घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा औंल्याएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment