+
+
Shares

भारतमा एक लाख कोरोना संक्रमित निको भए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ११:०९

२१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का एक लाख संक्रमित निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा एक लाख ३०३ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब पाँच हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा अहिलेसम्म समग्र संक्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ९०९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिँदा दुई हजार ४६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि २२ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५५६ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ९२ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३३५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२२ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?