+
+
Shares

सरकारले सामन्ती व्यवहार देखायो– उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ११:४२

२१ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलालल श्रेष्ठले सरकारले लकडाउनकै बेला कर तिर्न ताकेता गरेर सामन्ती व्यवहार देखाएको बताएका छन् । लकडाउनका कारण साधारण खर्च धान्न समेत अप्ठेरो परिरहेको बेलामा सरकारले कर तिर्न ताकेता गर्नु गलत भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

‘सरकार आफैले लकडाउन बढाएको छ, उत्पादन हुन गाह्रो छ, व्यापार हुनै सकेको छैन’ अनलाइनखबरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘यस्तो बेलामा पनि कर तिर्न आइज नत्र जरिबाना, हर्जना तिराउछु भन्नु सामन्ती पारा देखियो ।’

कम्युनिष्ट पार्टीको वलियो सरकार भएका बेला निजी क्षेत्र मैत्री वातावरण बनाउनु पर्नेमा उल्टो निजी क्षेत्रको भावना विपरित सरकारले काम गर्ने गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनलेआगामी २५ गतेभित्रै कर तिर्न जान स्म्भव नभएको बताए । सरकारले गल्तीलाई सच्याएर अघि बढ्नु पर्ने उनले बताए । निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधै तयार भएको भन्दै उनले अप्ठेरो परेको बेला सरकारले पनि निजी क्षेत्रलाई सहयोग गर्नु पर्ने बताए ।

मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले बैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ।

तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३२ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन ।

सरकारले गरेको ताकेताको अहिले उद्योगी–व्यवसायीहरुले विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?