+
+
Shares

मदिरा सेवन गरेका वडाध्यक्षद्वारा प्रहरी चौकीमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १२:११

२१ जेठ, काठमाडौं । पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर चौकी आक्रमण गरेको जनाएको छ । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको कार्यालयका प्रवक्ता एवं डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

वडाध्यक्ष केसी अहिले फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । केसीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर नगरप्रमुख देवीलाल गौतमले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?