News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मधेशी खुला पुरुषतर्फको केन्द्रीय कार्यसमिति सदस्य मतगणनामा अनिल रुंगटाले २ हजार १५५ मतसहित अग्रता कायमै राखेका छन् ।
- मिडिया सेन्टरका अनुसार अहिलेसम्म ३ हजार ९०० मत गणना हुँदा रामकृष्ण यादवले १ हजार ७३८ र डा. गरिबदास ठाकुरले १ हजार ७३६ मत पाएका छन् ।
- मधेशी खुला पुरुषतर्फबाट केन्द्रीय सदस्यका ३ जना छानिने व्यवस्था छ ।
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् ।
मिडिया सेन्टरले उपलब्ध गराएको जारी गणनाको मत परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म तीन हजार ९०० मत गणना भएको छ ।
नेता रामकृष्ण यादवले एक हजार ७३८ मतसहित दोस्रो र डा. गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६, अशर्फी साहले एक हजार ५१४, अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत प्राप्त गरेका छन् ।
यसैगरी, परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत पाएका छन् ।
मधेशी खुला पुरुषतर्फबाट तीन जना केन्द्रीय सदस्य छानिने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4