News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम पार्टीको १५औं महाधिवेशनबाट मधेशी क्लस्टरका सहमहामन्त्री निर्वाचित भएका छन्।
- फिरदोस आलम २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–२ बाट २९ हजार ५२८ मतसहित मधेश प्रदेशका कांग्रेसका एक्ला सांसद बनेका थिए।
- उनीका पिता मोहम्मद अफताब आलम रौतहट जिल्ला अदालतबाट २०८१ वैशाखमा जन्मकैद पाएका थिए, तर उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २०८२ जेठमा सफाइ दिएको थियो।
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् ।
कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।
फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए ।
फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डका कारण चर्चामा आएका थिए ।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले अफतावलाई २०८१ वैशाखमा जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो ।
सफाइ पाएपछि जेलमुक्त भएका आलमको २१ कात्तिक २०८२ सालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।
प्रतिक्रिया 4