+
+
Shares

कैलाली करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १६:५५

२१ जेठ कैलाली । कैलालीको जोशिपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ४ का ३६ वर्षीय शेषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिम्मत थापाले बताए ।

सोही गाउँपालिका ७ मा से१त १९३५ नम्बरको ट्याक्टरमा मिक्स्चर मेसिन जडान गर्दा मंगलबार राति चौधरीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?