+
+
Shares

कोसी अस्पतालका थप २७ जना डिस्चार्ज हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १२:३४

२२ जेठ, विराटनगर । प्रदेश १ बाट थप २७ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका तीन, झापाका सात, मोरङका छ, सुनसरीका चार, सप्तरीका दुई धनकुटाका चार र खोटाङका एक गरी जम्मा २७ जना डिस्चार्ज हुँदैछन् । उनीहरूमध्ये छ जना महिला र २२ जना पुरुष छन्।

कोरोनामुक्त भएकाहरूलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सरकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक सय ८५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?