+
+
Shares

गाँजासहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १३:३६

२२ जेठ, रौतहट । रौतहटमा प्रहरीले गाँजासहित चार जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका– ८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मौलापुरबाट जयनगर तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको दुई वटा मोटरसाइकललाई चेकजाँच गर्दा २० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक मेदनीप्रसाद साहले बताए ।

चार वटा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा बरामद भएको उनले बताए । पक्राउ पर्नेमा मकवानपुरका सागर लामा, अंकित लामा, विशाल लामा र निरज लामा पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार रुपैयाँ र मोबाइल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?