+
+
Shares

जर्ज फ्लोयडको घाँडीमा घुँडा राख्ने प्रहरी अधिकारीलाई पत्नीले दिइन् डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १५:०४

२२ जेठ, काठमाडौं । अमेरिकाको मिनोपोलिसका पूर्वप्रहरी अधिकारी डेरेक चौविनसँग सम्बन्धविच्छेदको लागि उनकी श्रीमतीले निवेदन दिएकी छिन् ।

मिनोपोलिसमा प्रहरी नियन्त्रणमा मारिएका अश्वेत जातिका जर्ज फ्लोयडको हत्याको आरोप चौविनमाथि लगाइएको छ । भाइरस भएको फ्लोयडको मृत्युको भिडियोमा चौविनले लामो समयसम्म फ्लोयडको घाँटीमा घुँडा राखेको र सास फेर्न गाह्रो भयो भन्दा पनि नहटाएको देखिन्छ ।

डेरेक चौविनकी पत्नी केल्ली चौविनले दिएको निवेदनमा आफ्नो थर पनि परिवर्तन गर्न आग्रह गरेकी छिन् । गतछ मे २८ मा पतिलाई तेस्रो दर्जाको हत्याको मुद्दा दायर गरेपछि उनीहरु छुट्टएिका थिए । केल्लीले दिएको आवेदनमा कानुनअनुसार पाउने आफ्नो सम्पत्तिको दाबी गरिएको छ । तर, आफै आत्मनिर्भर भएको कारण सम्बन्धविच्छेदपछि डेरेकको तर्फबाट कुनै वित्तीय सहयोग आवश्यक नरहेको उल्लेख गरेकी छिन् ।

उनीहरुको विवाह सन् २०१० को जुनमा भएको थियो । विवाह भएको १० वर्षपछि उनीहरु छुट्टिन लागेका हुन् । अहिले अमेरिकामा फ्लोयडको प्रहरी नियन्त्रणमा मृत्यु भएको विरोधमा अमेरिकाभर प्रदर्शन भइरहेको छ । यो मृत्युको विषयलाई लिएर अहिले अमेरिकामा रङ्गभेदको मुद्दा पनि चर्किएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?