२२ जेठ, जनकपुरधाम । लकडाउन उल्लङ्घन गरी पसल खोलेको भन्दै जनकपुरधामका व्यापारी कुटपिट गर्ने दुई जना प्रहरी, प्रदेश प्रहरी कार्यालय तानिएका छन् । घटनाबारे छानबिन गर्न दुवै जना प्रहरीलाई प्रदेश प्रहरी कार्यालय तानिएकाे प्रदेश प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय तानिनेमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मेरुलाल गुप्ता र जवान दीपक यादव रहेका छन् ।
घटनाबारे थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति गठन गरिएको डीआईजी सिंहले बताए ।
‘लकडाउन पालना गराउने क्रममा दुई जना प्रहरीबाट सामान्य त्रुटि भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ सिंहले भने, ‘थप अनुसन्धानका लागि समिति बनाएका छौं ।’
जनकपुरधामको जानकी चोकमा गीता गिफ्ट हाउस सञ्चालन गर्दै आएका व्यापारी श्याम चौधरी र उनका बुबा झगरु चौधरीलाई प्रहरीले बिहीबार कुटेको भिडियो सार्वजनिक भएको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4