Comments Add Comment

स्रोत नखुलेको करिब साढे २२ लाखसहित एक जना पक्राउ

२२ जेठ, वीरगञ्ज । भारतसँग सीमा जोडिएको पर्साको एउटा गाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब साढे २२ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ ।

२२ लाख ४६ हजार स्राेत नखुलेकाे रकमसहित पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारका २० वर्षीय प्रकाश साह पक्राउ परेका हुन् । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले छिपहरमाई गाउँपालिका–४ बञ्जारीमा चेकजाँच गरेको थियो । मोटसाइकलको ट्यांकीमा बनाइएको ‘फल्स बटन’ भित्र हजार, पाँच सय, एक सय र ५० दरका नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिश्वाले जनाएको छ । रकमको श्रोत खुलाउन नसकेकाले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित मानिस नियन्त्रणमा लिएर बुझाएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment