Comments Add Comment

ब्राजिलमा कोरोना संक्रमित ६ लाख नाघे

२३ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ६ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ३० हजार ९२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै ब्राजिलमा समग्र संक्रमितको संख्या ६ लाख १४ हजार ९४१ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३४ हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार ४७३ जनाको मृत्यु भएको हो । यससँगै मृतक संख्याको हिसाबमा ब्राजिललले इटालीलाई पनि पछि पारेको छ । इटालीमा कोरोना भाइरसको कारण अहिलेसम्म ३३ हजार ६८९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमध्ये ब्राजिल तेस्रो मुलुक बनेको हो । कोरोनाबाट धेरै मानिसको मृत्यु हुनेमा पहिलाे अमेरिका र दोस्रोमा बेलायत रहेको छ ।

ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसको महामारी नियन्त्रणको विषयलाई लिएर आन्तरिक विभाजन बढ्दो क्रममा छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment