
२३ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेले बार तोकेर पसलहरु खोल्न दिने निर्णय उल्टाएको छ । अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तु र सेवासम्बन्धी पसल बिहान ११ बजेदेखि ३ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासनले २१ गते मात्र बार तोकेर पसलहरु दैनिक ५ घण्टा खोल्न दिने निर्णय गरेको थियो । २२ र ३३ गते बजार र पसलमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटेकल पालना हेर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले २१ गतेको पसल व्यवसाय खोल्ने सम्बन्धी सूचना रद्द गरिएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4