Comments Add Comment

जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

२३ जेठ, काठमाडौं । कोभिड-१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणबद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरूमा जेठ २५ बाट जिल्ला नकट्ने र एक पटकमा सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्नेगरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्नेगरी लामो दुरीमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।

यो पनि पढ्नुहोस सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरू मात्र चढाउने गरी अन्तरिक हवाई सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

तर कोरोना संक्रमणको सयभन्दा बढी केसहरू भएका जिल्लामा यो मापदण्ड लागु हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।

उच्चस्तरीय समितिको प्रस्तावको मस्यौदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment