Comments Add Comment

नेकपा सां‌सद भन्छन् : कोरोना महामारीमा दलहरु नै आइसोलेट भए

२३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपीबहादुर सार्की अछामीले कोरोना महामारी रोकथाममा राजनीतिक दलका कार्यकर्ता परिचालन हुन नसकेको बताएका छन् ।

राष्ट्रियसभामा बोल्दै उनले महामारीमा दलहरु नै आइसालेट भएको टिप्पणी गरे ।

‘अहिले राजनीतिक शक्तिहरु, पार्टीहरु अलि आइसोलेटड भएजस्तो मैले महसुस गरिराखेको छु’ उनले भने, ‘अहिले यो स्थितिमा राजनीतिक शक्तिहरु व्यापक रुपमा परिचालित हुनुपर्ने भोलेन्टियरको रुपमा ।’

स्वयंसेवकको रुपमा अझै पनि कार्यकर्ता गर्न आवश्यक रहेको सांसद अछामीले बताए । ७५३ स्थानीय तहका ६ हजार ५ सय ५४ वटामा एउटा दलले २० जनाको दरले स्वयंसेवक परिचालन गर्दा पनि धेरै काम हुने उनको भनाइ छ

‘एउटा वडामा सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु २० जनाका दरले भोलेन्टियरको रुपमा परिचालन गर्ने हो भने १ लाख ३१ हजार ८० जति राजनीतिक जनशक्ति लाई परिचालित गर्न सक्छौं’ उनले भने ।

कोरोना महामारी परास्त गर्न सबै पार्टी मिलेर जनशक्ति केन्द्रीकृत ढंगले परिचालन गर्न जरुरी रहेको उनले बताए ।

‘कर तिर्ने निर्देशनले उद्योगीहरु आतंकित’

सांसद अछामीले कर तिर्नेसम्बन्धी सरकारको निर्देशनका कारण उद्योगी व्यापारी आतंकित भएको बताए । ‘साना मझौला र ठूला उद्योगहरु आतंकको स्थितिमा छन् । एकातिर कर तिर्नपर्ने नेपाल सरकारको निर्णय, अर्कोतिर बैंकको ब्याज तिर्नुपर्ने’ उनले भने ।

आर्थिक गतिविधि नहुँदा, उद्योग क्षेत्र बन्द हुँदा मजदुरसमेत समस्यामा परेको भन्दै सांसद अछामीले लकडाउनको मोडालिटी परिर्वतन गरेर आर्थिक गतिविधि अगाडि बढाउनुपर्ने बताए ।

नयाँ बाली लगाउने बेला किसानहरुलाई बिउ, मल र किटनाशक औषधिको अभाव भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment