+
+
Shares

सरकारलाई निजी क्षेत्रको सुझाव : सतर्कता अपनाएर लकडाउन खोलौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते २०:५०

२३ जेठ,काठमाडौं । उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन उद्योग मन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलमा सहभागी निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले यस्तो सुझाव दिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

‘आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका अधिकारीहरूसँग लकडाउनसम्बन्धी गम्भीर छलफल भयो, सबैजसो साथीहरूले लकडाउन खोल्नेतर्फ अगाडि बढ्न सल्लाह दियौ‌ं,’ गोल्छाले टि्वटमार्फत भनेका छन् ।

निजी क्षेत्रका सबै सरोकारवालासँग भएको छलफलमा लकडाउन खोल्ने सुझाव प्राप्त भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । लकडाउन कस्तो हुने भन्नेबारे मन्त्रालयले बनाउन थालेको मोडालिटीमा निजी क्षेत्रको धारणा लिइएको वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले बताए ।

‘मन्त्रालयले लकडाउनको नयाँ मोडालिटी र प्रोटोकल बनाउँदैछ त्यसैमा निजी क्षेत्रको राय मागिएको हो,’ सचिव अर्यालले भने ‘लकडाउन कस्तो हुने, समय वा यसको पालन कसरी गर्ने भन्ने विषयमा कुराकानी भयो ।’

सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर खुकुलो लकडाउनमा व्यापार व्यवसाय चलाउन निजी क्षेत्रले आग्रह गरेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँगको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि नेपाली मौलिक मोडलको खोजी गरिनुपर्ने बताएका थिए ।

‘विदेशको अनुभवभन्दा पनि नेपालमा नेपालकै अवस्था हेरेर लकडाउनको मोडल अपनाउनुपर्छ,’ मन्त्री भट्टको भनाइ उद्धृत गर्दै मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले भने ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?