Comments Add Comment

कोरोना निको भएर बाराबाट २२ जना डिस्चार्ज

२३ जेठ, वीरगञ्ज । बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जना महिला, १ जना प्रहरीसहित २२ जना शुक्रबार बेलुका डिस्चार्ज भएका हुन् । लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको छ ।

उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका संक्रमित हुन् । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

बारा जिल्लामा हालसम्म ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये यसअघि शैक्षिक तालिम केन्द्र आईसोलेसन, नारायणी अस्पताल, नारायणी मातहतकै गण्डक कोभिड अस्पताल, सिमरास्थित आइसोलेसनबाट ३४ जना उपचारपछि निको भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यसैबीच संक्रमण पुष्टि भएको तीन दिनपछि आदर्श कोतवाल गाउँपालिकास्थित रामचरित्र मावि क्वारेन्टाइनमा राखिएका ७ जना संक्रमितलाई पनि कलैया ल्याइएको छ । कलैयामा ५० बेडको आइसोलेसनमा स्थान अभाव भएपछि उनीहरुलाई स्कुल क्वारेन्टिनमै राखिएको थियो ।

शैक्षिक तालिम केन्द्रबाट ठूलो संख्यामा संक्रमित डिश्चार्ज भएपछि उनीहरुलाई कलैयास्थित आइसोलेसनमा ल्याइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । शुक्रबार बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मुम्बईबाट आएका बारागढीका २७ बर्षका दुवै पुरुषको जेठ २० गते र पटनाबाट आएका विश्रामपुरका २० बर्षका संक्रमितको जेठ १६ गते स्वाब संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment