+
+
Shares

रुपन्देही र कपिलवस्तुमा थपिए १४ जना कोरोना संक्रमित

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २४ गते १३:४३

२४ जेठ, बटवल । रुपन्देही र कपिलवस्तुमा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रुपन्देहीका ५ जना मध्ये ओमसतिया गाउँपालिकाका एक जना, ओमसतिया गाउपालिकाका एक जना, शुद्धोधन गाउपालिकाका २ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका एकजना विरामीमा कोरोना पुष्टि भएको हो ।

ओमसतिया गाउंपालिका वडा नं ३ का १९ बषिर्य पुरूष, रोहिणी गाउंपालिका वडा नं २ का १९ वर्षीय पुरूष, शुद्धोधन गाउँपालिका वडा नं ७ का ३३ र ३८ वर्षीय २ जना पुरूषमा कोरोना पुष्टी भएको हो । योसँगै रूपन्देहिमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

यस्तै कपिलवस्तुको विजयनगर गाउपालिकाका ५ जना र बुद्धभूमि नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।

बुद्धभुमि नगरपालिका वडा नं. ५ का १९ र २९ वर्षका २ जना पुरुष, वडा नं. ६ का बर्ष २३ र ३६ का २ जना पुरुष रहेका छन् । विजयनगर गाउँपालिका वडा नं ३ का वर्ष २५ का १ जना पुरुष, वडा नं ५ का बर्ष २४ का १ जना पुरुष र वडा नं ६ का बर्ष २२,३२,४८ का ३ जना पुरुषमा संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ८४ पुगेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?