+
+
Shares

काठमाडौंका तीन संक्रमित प्रहरी अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २४ गते १९:०८

२४ जेठ, काठमाडौं । काठमाडौं जिल्लाका भेटिएका चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ ।

उनीहरूमध्ये पनि दुई जना प्रहरी हुन् । एक जना अस्पतालको ल्याबमा काम गर्ने र अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी भएको स्रोतले बताएको छ ।

अर्का संक्रमण पूर्वप्रहरीकी पत्नी हुन् र नेपाल प्रहरी अस्पतालमा नै उपचाररत छिन् । तीनै जनालाई कोभिड अस्पताल, बलम्बु लैजाने तयारी भइरहेको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?